१४ आश्विन २०७९, शुक्रबार

भारत जाने सबै यात्रुले अब पीसीआर परिक्षण रिर्पोट अनलाइनमा अनिवार्य अपलोड गर्नुपर्ने

१२ फाल्गुन २०७७, बुधबार
भारत जाने सबै यात्रुले अब पीसीआर परिक्षण रिर्पोट अनलाइनमा अनिवार्य अपलोड गर्नुपर्ने

काठमाडौँ । भारत भ्रमणमा जाने सबै यात्रुले अब पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिर्पोट अनलाइनमा अपलोड गरी यात्रा गर्नुपर्ने भएको छ ।

अब अनलाइन अपलोड नगरी यसरी यात्रा नगरेमा भने यात्रा अनुमति नपाउने भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालयले जनाएको छ । नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले भारतका लागि उडान गरिरहेका छन् ।

यसअघि पीसीआर रिर्पोट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गएमा समेत भारतले प्रवेश अनुमति दिने गरेको थियो ।

अब भने यी दुबै फारम अनलाइन अपलोड गर्नुपर्ने नियम बनाइएको छ । अनलाइन एयर सुविधा पोर्टलमा गएर सेल्फ डिक्लिरेन्स फारम अपलोड गर्नुपर्ने भएको छ ।

अर्कोतर्फ कोभिड–१९ को पीसीआर रिर्पोट नेगेटिभ आएको यात्रा गर्नु अगाडिको ७२ घण्टा भित्रको रिर्पोट समेत अनलाइन अपलोड गरेरै यात्रा गर्नुपर्ने नियम भारत सरकारले ल्याएको हो ।

यी दुबै कागजात नयाँ दिल्लीस्थित विमानस्थलको वेवसाइटमा गएर अपलोड गर्न सकिनेछ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo