१४ आश्विन २०७९, शुक्रबार

नेत्रविक्रम चन्द विप्लव गाडीमा पुगे काठमाडौं

२० फाल्गुन २०७७, बिहीबार
नेत्रविक्रम चन्द विप्लव गाडीमा पुगे काठमाडौं

काठमाडौं, २० फागुन । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव काठमाडौं आईपुगेका छन् । सरकारसँग तीन बुँदे सहमति भएको र आजै सरकारले प्रतिबन्ध फुकुवा गरेपछि विप्लव काठमाडौं आईपुगेका हुन् । भोलि दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।

सहमतिका बारेमा विस्तृत जानकारी दिन काठमाडौंको राष्टियसभा गृहमा विशेष समारोहको आयोजना गरिएको छ । त्यसको लागि विप्लव आजै साँझ काठमाडौं आईसकेको उनीनिकट स्रोतले जनाएको छ । यसअघि सरकारले विप्लवलाई काठमाडौं ल्याउन हेलिकप्टरको व्यवस्था गरेको समाचार आएको थियो । तर, विप्लवले आफू पार्टीले व्यवस्था गरेको गाडीमार्फत नै काठमाडौं आउने बताएअनुसार आज साँझ काठमाडौं आईसकेको बुझिएको छ 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo