१३ आश्विन २०७९, बिहीबार

उद्घाटन नहुदै खरानी भएको आलोक मल्टीलाई जनस्तरबाट थालियो आर्थिक सहयोग अभियान !

२३ फाल्गुन २०७७, आईतवार
उद्घाटन नहुदै खरानी भएको आलोक मल्टीलाई जनस्तरबाट थालियो आर्थिक सहयोग अभियान  !

धनगढी : उद्घाटन अगावै आगलागीबाट ध्वस्त भएको भोजराज भट्ट र पदम भण्डारीहरुको आलोक मल्टि ट्रेड कन्सर्न प्रा।लिलाई पुनर्जीवन दिन नागरिक स्तरबाट आर्थिक सहयोग अभियान शुरु भएको छ ।

ह्युमानिटी फाउण्डेसनको अगुवाईमा शुरु भएको आर्थिक संकलन अभियानमा आज एकै दिन चार लाख रुपैया जम्मा भएको छ ।

ह्युमानिटी फाउण्डेसन नेपालका तर्फबाट थालिएको अभियानको पहिलो दिन आज ह्युमानिटी फाउण्डेसन नेपालका तर्फबाट एक लाख रुपैया, फाउण्डेसनका अध्यक्ष श्याम तायलका तर्फबाट एक लाख रुपैया, कोषाध्यक्ष तथा चौलानी डिपार्टमेण्ट स्टोरका प्रबन्ध निर्देशक मानसिंह साउँदका तर्फबाट एक लाख रुपैया र नेपाल ईन्फ्रास्टक्चर डेभ्लपमेन्ट ई.प्रा.लि. तर्फबाट एक लाख रुपैयाँ संकलन भएको छ । 

आज संकलित रकम भोलि आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.का सञ्चालकलाई हस्तान्तरण गरिने ह्युमानिटी फाउण्डसेनका कोषाध्यक्ष मानसिंह साउँदले जानकारी दिए ।

तपाई हाम्रो सानो सहयोगले आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि. फेरि उठ्ने छ, साउँदले भने, देश विदेशबाट आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.का सञ्चालक भोजराज भट्ट र पदम भण्डारीहरुलाई सहयोगका लागि आग्रह गर्दछौ ।

आर्थिक संकलन सहयोग अभियानका सदस्य नेपाल जेसिजका निवर्तमान महासचिव टेकराज रेग्मीले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.लाई सहयोग गर्न आग्रह गरे ।

सहयोग गर्न ईच्छुक व्यक्तिहरुलाई आलोक मल्टि ट्रेड कन्सर्न प्रा.लि.का नाममा  धनगढीको प्रभु बैंकमा रहेको खाता नम्बर ०३००१५१०१५४०००१५ मा सहयोग रकम जम्मा गर्न साउँदले आग्रह गरे ।

धनगढीको चटकपुरस्थित आलोक मल्टि  ट्रेड कन्सर्न प्रा.लि.को फर्निचर शो रुममा हिजो दिउँसो आगलागी हुदा करीव ८ करोड रुपैया भन्दा बढिको क्षति भएको थियो ।भट्ट र भण्डारीहरुले २० औ वर्ष लगाएर जोडेको सम्पत्ती आगलागीबाट दुई घण्टामै खरानी भएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo