१४ आश्विन २०७९, शुक्रबार

भन्न त ‘ठिक्क पर्‍यो’ भन्न मन थियो, तर अति भो !

२४ फाल्गुन २०७७, सोमबार
भन्न त ‘ठिक्क पर्‍यो’ भन्न मन थियो, तर अति भो !


काठमाडौं :
 सर्वोच्च अदालतले सत्तारुढ दल नेकपालाई दलको आधिकारिक मान्यता नदिएकोमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले असन्तुष्टि जनाएका छन्। उनले न्यायालयमा राजनीतिक भागवण्डाको परिणामका कारण यो अवस्था आएको समेत जनाएका छन्।  

उनले सामाजिक सञ्जाल ट्वीटरमा सर्वोच्च अदालतको फैसला प्रति व्यंग्य गर्दै लेखेका छन्, अब फेरि न्यायालयमा राजनीतिक भागबण्डा गर्ने? फेरि न्याय परिषद, संवैधानिक आयोगमा भागबण्डा गर्ने? बार एसोसिएसनमा पार्टीगत प्यानल खडा गर्ने? के गरिस् मंगले आफ्नै ढङ्गले भनेको यही हो। भन्न त ‘ठिक्क पर्यो’ भन्न मन लागेको थियो तर भनेर के गर्नु। अति भयो। यी सबै राजनीतिकरण बन्द गरौँ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo