१४ आश्विन २०७९, शुक्रबार

महिला हिँसा, बाल श्रमलाई न्युनिकरण गर्न सामाजिक जनचेतना आवश्यक

२५ फाल्गुन २०७७, मंगलवार
महिला हिँसा, बाल श्रमलाई न्युनिकरण गर्न सामाजिक जनचेतना आवश्यक

कैलालीको धनगढीमा नारी दिवस मनाईएको छ । धनगढीको पार्कमोडमा सुरक्षित मातृत्व सन्जाल महासँघ, नगरबाल सन्जाल धनगढी र धनगढी उपमहानगरपालिकाले सँयुक्त रुपमा दिवस मनाएका हुन् ।

दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम गरिएको छ । कार्यक्रममा समृद्ध नेपाल निर्माणका लागि महिला सुरक्षा, सम्मान र रोजगार आवश्यक रहेको भन्दै सडक नाटक प्रद्धशन समेत गरिएको छ ।

कार्यक्रमका सँयोजक राजेन्द्र रैकाले सामाजिक जनचेतना अविवृद्धि गराई समाजमा घटित महिला हिँसा, बाल श्रमलाई न्युनिकरण गर्न पहल हुने बताए । उनले कार्यक्रममार्फत सरकारलाई दवाव दिने समेत बताए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo