१३ आश्विन २०७९, बिहीबार

नगर बाल सञ्जालद्वारा शिवपुरी धाममा सरसफाइ कार्यक्रम

२९ फाल्गुन २०७७, शनिबार
नगर बाल सञ्जालद्वारा शिवपुरी धाममा सरसफाइ कार्यक्रम

धनगढी : नगर बाल सञ्जाल धनगढीको आयोजनामा धनगढी -४ उत्तरवेहेडी स्थित शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाममा सरसफाई गरेका छन्।

कार्यक्रममा नगर बाल सञ्जाल धनगढीका अध्यक्ष विजयराज जोशी, उपाध्यक्ष लक्ष्मी जोशी तथा अन्य पदाधिकारी, वडा स्तरीय बाल क्लबका पदाधिकारी, जागौ युवा संस्था धनगढीका अध्यक्ष गणेश विनाडी तथा सदस्य दल बहादुर सिंह त्यसरी गरी ग्रीन क्लिन धनगढीका सम्युल न्यौपाने र रेखा रावलका उपस्थिति रहेको थियो।

शिवरात्रि पर्वले गर्दा फोहोर बनेको धाम सफा र स्वच्छ बनाउने उदेश्य ले कार्यक्रम सञ्चालन गरेको र यस्तो पवित्र भूमि सफा गर्न पाउँदा खुशी लागेको बताउनुहुन्छ नगर बाल सञ्जाल धनगढीका उपाध्यक्ष लक्ष्मी जोशी

नगर बाल सञ्जाल धनगढीले बालबालिका क्षेत्रमा अतुलनीय योगदान गर्दै आएको र त्यसमा हामी जस्ता युवालाई समेत जोड्दै आएको जागौ युवा संस्था धनगढीका अध्यक्ष गणेश प्रसाद विनाडी बताउनुहुन्छ।

नगर बाल सञ्जाल धनगढीकाअध्यक्ष विजयराज जोशी भन्छन् “नगर बाल सञ्जाल धनगढीले बालबालिका क्षेत्रमा अघि बढ्ने क्रम सँगै सामजिक कार्यमा समेत सहभागी हुँदै अघि बढिरहेका छौं र यस्ता कार्यक्रम सबैको उपस्थित हुँदै आएको छ।”

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo