१४ आश्विन २०७९, शुक्रबार

कैलालीमा २१ लाख ३६ हजार बढीको अवैध सामान सहित २ जना पक्राउ

१ चैत्र २०७७, आईतवार
कैलालीमा २१ लाख ३६ हजार बढीको अवैध सामान सहित २ जना पक्राउ

धनगढी -कैलालीको भजनीबाट २१ लाख ३६ हजार बढीको अवैध सामान सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

जिल्लाको भजनी नगरपालिका वडा नम्बर ५ लौवास्ताबाट प्रहरीले २१ लाख ३६ हजार ४ सयको अवैध सामानसहित सोहि ठाउँका ३७ वर्षिय रतिराम चौधरी र प्रदिप तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बिशेष सुचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल आरटीआई समुह र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले अवैध सामानसहित सोहि ठाउँका २ जनालाई पक्राउ गरेको हो ।

कैलाली प्रहरीका अनुसार चौधरीलाई से १ त १५६७ नम्बरको ट्याक्टर र तामाङलाई से ७ प ८१४७ नम्बरको मोटरसाइकलमा अवैध कपडासहित पक्राउ गरिएको हो ।

मोटर साईकल, लुगा कपडा र मानिसहरुलाई आवश्यक कार्वाहीका लागि सत्ती भन्सार कार्यालय टिकापुर पठाईएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo