१३ आश्विन २०७९, बिहीबार

दोहोरी च्याम्पियन रियालिटीको पहिलो एपिसोडमै जजहरु आलोचित (भिडियो)

१ चैत्र २०७७, आईतवार
दोहोरी च्याम्पियन रियालिटीको पहिलो एपिसोडमै जजहरु आलोचित (भिडियो)

धनगढी : पहिलो पटक नेपाल टेलिभिजनले शनिबारदेखि सुरु भएको दोहोरी च्याम्पियन रियालिटी मेगा–सोका जजहरु आलोचित भएका छन्  ।
नेपाल टेलिभिजनको युट्युवमा रहेको उत्त च्याम्पियनको भिडियोमा धेरैले जजहरुप्रति असन्तुष्ट व्यक्त गरेका छन् ।

एक हजार छ सय कमेन्ट गरेका छन् । जसमध्ये अधिकांशले असन्तुष्ट व्यक्त गरेका छन् । कल्पना दाहाल र प्रदीप रोकाको गायनमा रमेश बिसि र चन्द्र शर्माको पनि आलोचना गरेका छन् । प्रजापती पराजुली र सीता थापालाई केहिले राम्रो भनेका छन् । दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताका रूपमा बद्री पङ्गेनी र प्रीति आले रहनुभएको छ ।

कुल ३५ लाख रुपियाँ राशि पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने गायक समूहले क्रमशः २० लाख, १० लाख, तीन लाख र दुई लाख रुपियाँ पुरस्कार पाउनेछन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo