१४ आश्विन २०७९, शुक्रबार

ओली-नेपाल समूह आ-आफ्नै अडानमा, विनानिष्कर्ष सकियो बैठक

२ चैत्र २०७७, सोमबार
ओली-नेपाल समूह आ-आफ्नै अडानमा, विनानिष्कर्ष सकियो बैठक

काठमाडौं, २ चैत । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहबीचको भेटवार्ता सकिएको छ ।

सोमबार पार्टी कार्यालय धुम्बाराहीमा छलफल प्रधानमन्त्री ओलीद्वारा डाकिएको छलफलमा दुवै पक्षले आ-आफ्नै अडान राखेर कुराकानी भएको बताइएको छ । छलफलमा सहभागी नेपाल पक्षीय नेता रघुजी पन्तका अनुसार छलफल सकारात्मक भए पनि दुवै पक्षबीच आ-आफ्नै अडान राखेर कुराकानी भएको हाे ।

आन्तरिक एकताको विषयमा केन्द्रित बैठकमा २८ फागुनमा ओली पक्षले गरेका निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षले अडान राखेको बताइएको छ । नेपाल पक्षलाई खबर नै नगरी गएकाे शुक्रबार बालुवाटारमा एकपक्षीय बैठक राखेर अध्यक्ष ओलीले २३ जना माओवादी नेतालाई केन्द्रीय कमिटीमा मनोनीत गर्नेदेखि नेपाल पक्षका नेताहरूकाे जिम्मेवारी खाेस्नेसम्मका निर्णय गरेका थिए ।

साेमबारकाे छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ थिए भने अर्कातर्फ नेपालसहित भीम रावल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रघुजी पन्त सहभागी थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo