१३ आश्विन २०७९, बिहीबार

अमेरिकामा फेरि नेपाली चालकमाथि यात्रुद्वारा आक्रमण ! (भिडियोसहित)

६ चैत्र २०७७, शुक्रबार
अमेरिकामा फेरि नेपाली चालकमाथि यात्रुद्वारा आक्रमण ! (भिडियोसहित)

काठमाडौँ, ६ चैत । सानफ्रान्सिस्कोमा नेपाली उवर चालक शुभाकर खड्कामाथि महिला यात्रुहरूले आक्रमण गरेको घटना नसेलाउंँदै न्युयोर्कमा फेरि नेपाली लिफ्ट चालक कुटिएका छन् ।

स्थायी घर बाग्लुङ भएका ३० वर्षीय लिफ्ट चालक आशीष सापकोटा मंगलबार साँझ न्युयोर्कको क्वीन्समा कुटिएका हुन् । दुईजना यात्रुलाई ‘पिकअप’ गरेर क्वीन्सको जमैकातर्फ जाँदै गर्दा सापकोटामाथि आक्रमण भएको हो ।

एकजना पुरुष र एकजना महिला गाडीमा बसेपछि एक-आपसमा झगडा गर्न लागेको र पुरुषले महिलालाई कुटपिट गर्न थालेपछि असुरक्षित महसुस गरेर सापकोटाले ९११ मा कल गरी प्रहरी बोलाएका थिए ।

त्यसपछि पुरुष यात्रुले फोन खोसेर सापकोटामाथि आक्रमण गरेका हुन् । ती यात्रुले चालक सापकाेटामाथि कुटपिट गरे । त्यसपछि एम्बुलेन्समार्फत सापकोटालाई न्युयाेर्कस्थित जमैका अस्पताल लगिएको थियो । सापकोटाको मुख र कानमा चोट लागेको छ । सापकोटाले अमेरिकामा एकमहिनादेखि लिफ्ट चलाउँदै आएका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo