१४ आश्विन २०७९, शुक्रबार

बुधबार राती राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१२ चैत्र २०७७, बिहीबार
बुधबार राती राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बुधबार बेलुका भेटवार्ता भएको छ।

स्रोतका अनुसार राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री बुधबार बेलुका ७:४५ बजे राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ।

दुई जनाबीच करिब १ घण्टा कुराकानी भएको थियो। राष्ट्रपति भण्डारी बंगलादेश भ्रमण गरेर फर्किएको भोलिपल्ट प्रधानमन्त्री ओलीले भेट गरेका हुन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo