१४ आश्विन २०७९, शुक्रबार

धुर्मुस सुन्तली फाउन्डेसनको मेची-महाकाली अभियान आज धनगढीमा

१३ चैत्र २०७७, शुक्रबार
धुर्मुस सुन्तली फाउन्डेसनको मेची-महाकाली अभियान आज धनगढीमा

धनगढी : चैत १० गतेदेखी गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन  धुर्मुस सुन्तली फाउन्डेसनले गरेको मेची-महाकाली अभियान आज धनगढी सहयोग संकलन गर्ने भएका छन् । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस सहित उहाँको अभियानमा आवद्ध सदस्यको टोलिसहित पश्चिमको महाकालीबाट चैत १० गते मेची- महाकाली अभियानको थालनी गरेका थिए ।

धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले हिमाल,पहाड र तराईमा रहेको विभिन्न पहिचान,संस्कृती र रहनसहनलाई अभियान एकताको सन्देश दिने बताएका छन् । ३ दिन कंचनपुरका विभिन्न स्थानियमा पुगेर सहयोग रकम सन्कलन गरेका छन् । आजबाट कैलालीमा सहयोग संकलन गर्ने फाउन्डेसन जनाएको छ । हरेक ब्यक्तिले यो अभियानलाई एक सय रकम सहयोगले बैशाखमा क्रीकेट रंगशाला निर्माण हुने त्यसका लागि देशप्रेमीलाई सहयोगका लागि अपिल गरेका छन् । एक जिलाबाट रंगशालामा एक कक्षमा निर्माणका लागी पनि आउने अपेक्षा गरे । कैलाली,कंचनपुरका नागरिकको ठुलो सहयोग रहेने बताए । कार्यक्रममा धुर्मुस सुन्तली फाउन्डेसमा आवद्ध ब्यक्तिले गौतम बुद्ध अन्तरास्ट्रिय क्रीकेट रंगशाला निर्माण बिकासको आन्दोलन भएको सम्पुर्ण नागरिकले सक्दो सहयोग गर्न आग्रह गरेका थिए ।

सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरूले टीका, फूलमालासहित चार हजार चार सय पाँच रुपैयाँ सहयोग गरेर उनलाई बिदाइ गरेका थिए । अभियान महाकालीबाट सुरु भई कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रूपन्देही, परासी, नवलपुर र चितवनसम्म आउनेछ । रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरु हुने धुर्मुस सुन्तली फाउन्डेसले जनाएको छ । सेति-महाकाली अभियान एकताको सन्देश रहेको फाउन्डेसनका अध्यक्ष कट्टेल बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo