१३ आश्विन २०७९, बिहीबार

भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका ४ जनामा कोरोना संक्रमण पुष्टि

१५ चैत्र २०७७, आईतवार
भारतबाट गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका ४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, १५ चैत । भारतका गौरीफन्टा नाका हुँदै नेपाल भित्रिएका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गौरीफन्टा नाका हुँदै भित्रिएका ३७१ जना मध्ये ५८ जनाको ‘ऐन्टिजेन’ विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । ५० पुरुष ४ महिलाको ‘ऐन्टिजेन’ विधिबाट परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टी भएको हो । 

हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाका अनुसार भारतमा कोरोना संक्रमण फैलिएपछि सीमामा चेकजाँच गर्दा हालसम्म ८७० जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

भारतका विभिन्न शहरमा कोरोनाको संक्रमण बढेपछि गौरीफन्टा नाकामा धनगढी उपमहानगरपालिकाले हेल्थ डेस्क स्थापना गरेर चेकजाँच गर्न सुरु गरेको छ ।

अहिले नाका हुदै दैनीक सयौ नेपाली घर फर्कीरहेका छन् । भारतबाट आउनेको चैत ३ गते बाट परिक्षण सुरु गरिएकोमा हाल सम्म ३८ जनामा संक्रमण पुष्टी भइसेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo