१४ आश्विन २०७९, शुक्रबार

बझाङमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

१६ चैत्र २०७७, सोमबार
बझाङमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङमा १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्।

जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ६ की १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३१ वर्षिय शिक्षक पक्राउ परेका हुन्।

वडा नम्बर ६ नौरामा रहेको भवानी माद्यामिक विद्यालयमा अध्यनरत १४ वर्षीया बालिकालाई सोही बिद्यालयकै शिक्षकले यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको बझाङ प्रहरीले बताएको छ।

शनिबार एक्लै पानी भर्न गएकी बालिकालाई शिक्षकले यौन दुर्व्यवहार गरेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय बझाङले शिक्षकलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जनाएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo