१३ आश्विन २०७९, बिहीबार

ओली सरकारले चैत २३ भित्र विश्वासको मत लिनुपर्छ: देव गुरूङ

१८ चैत्र २०७७, बुधबार
ओली सरकारले चैत २३ भित्र विश्वासको मत लिनुपर्छ: देव गुरूङ

काठमाडौ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत २३ भित्र विश्वासको मत लिनुपर्ने बताएको छ।प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले गत फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलासँगै दल विभाजित भएकाले प्रधानमन्त्री ओलीले संविधानको धारा १०० को उपधारा २ आकर्षित हुने भन्दै विश्वासको मत लिनुपर्ने बताएका हुन्। उनले भने, ‘सर्वोच्चको फैसलाले दल विभाजन गरेको छ। दल विभाजन भएको अवस्थामा संविधानको धारा १०० ९२० आकर्षित हुनेछ ।’

‘दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने अवस्था छ । सर्वोच्च अदालतको फैसलापछि सरकारको संवैधानिक हैसियतबारे प्रश्न उठेको छ,’ उनले भने, ‘सर्वोच्चको संवैधानिक इजलासले संविधानको धारा ७५ ९१० को सरकार भएको भनेको थियो । तर, सर्वोच्चको पछिल्लो फैसलाले ७६ ९२० आकर्षित गरेको छ । त्यसैले दल विभाजित भइसकेको अवस्थामा सरकारले ३० दिन भित्र विश्वासको मत लिनुपर्छ। अनि मात्र वैधानिकता हुन्छ।’

‘दल विभाजित भएको २३ चैतमा ३० दिन पुग्ने भन्दै गुरूङले ‘यदि २३ चैतभित्र विश्वासको मत नलिए यो सरकारको हैसियतमाथि कानुनी र संवैधानिक प्रश्न उठ्ने बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo