१४ आश्विन २०७९, शुक्रबार

प्रधानमन्त्रीको शिलान्यासमा रेकर्ड : १५ दिनमा ३५ शिलान्यास

१८ फाल्गुन २०७७, मंगलवार
प्रधानमन्त्रीको शिलान्यासमा रेकर्ड : १५ दिनमा ३५ शिलान्यास

काठमाडौ : अहिले जताततै प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यासै शिलान्यासका विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । १५ दिनमा दलबलसहित दर्जनौँ सिलान्यासका गरिरहनुभएका प्रधानमन्त्री ओलीले यस बीचमा मात्र तीन दर्जनभन्दा बढी पुल तथा अन्य आयोजनाहरुको शिलान्यास गरेर रेकर्ड नै तोडेजस्तो देखिन्छ ।

सर्सती हेरौँ प्रधानमन्त्री ओलीले फागुन महिनाको बीच अवधिमा विभिन्न मितिमा शिलान्यास गर्नुभएका पुल तथा अन्य योजनाहरु:

 फागुन १६ गते आइतबार आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं.५ को दमक र कमलमा ४ वटा पुलको उद्घाटन र ३१ वटा पुलको शिलान्यास

 फागुन १ गते बुटवल उपमहानगरपालिका–३ चिँडियाखोलाबाट पाल्पाको तिनाउको वसन्तपुर डाँडा जोड्ने हिलस्टेसनसहितको केबलकार आयोजनाको शिलान्यास, आउँदो फागनु १ गते त्यसको उद्घाटन गरिने

 फागुन ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार चन्द्रागिरी नगरपालिका–१ दहचोक इन्द्रदहस्थित काठमाडौं उपत्यका भ्युटावरको शिलान्यास

 फागुन १० गेत महेन्द्रनगरमा औद्योगिक क्षेत्रको शिलान्यास

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo