१३ आश्विन २०७९, बिहीबार

धनगढीका दर्पण, ‘कमेडी च्याम्पियन सिजन २’को उत्कृष्ट १५ मा !

२१ चैत्र २०७७, शनिबार
धनगढीका दर्पण, ‘कमेडी च्याम्पियन सिजन २’को उत्कृष्ट १५ मा !

धनगढी  कैलालीको धनगढी उपमहानगरपालिका – १८ फुलवारी का दर्पण शर्मा कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को उत्कृष्ट १५ मा पुगेका छन्  ।

कमेडी च्याम्पियन सिजन ३ मा ६ हजार भन्दा बढी डिजिटल अडिसनमा सहभागीमध्येबाट उत्कृष्ट २४ हुदै दर्पण शर्मा कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन सिजन २’को शुक्रबारको एपिसोडमा उत्कृष्ट १५ मा छानिएका हुन। अव उत्कृष्ट १० को तयारीमा रहेका छन् ।

१७ बर्षिय दर्पण धनगढीमा रहेको एक्सिस विद्याश्रममा कानुनतर्फ कक्षा १२ मा अध्ययनरत छन् ।
सानैदेखि लेखन र कमेडीमा रुचि भएका दर्पण १६ बर्षको उमेरमा ‘कलिका कला’ कथासंग्रह बजारमा ल्याएका थिए । भने केहिमहिनामा ‘लभ प्याक्ल्टी’ उपन्यास ल्याउने तयारीमा रहेका छन् ।
उनले फिजिकल अडिसनमा बिध्यार्थी जिवनका सरकारी र निजि स्कुलमा गरिने क्रियाकलापको व्यंग्य बारे दिएको प्रस्तुति जजहरुले रुचाएका थिए । भने उनले फिजिकल अडिसनमै सासू फकाउने र्याप पनि प्रस्तुत गरेका थिए ।

यस वर्ष पनि सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा जज छन् । विशाल भण्डारीको निर्देशन रहेको यस शोका कार्यकारी निर्माता केकी अधिकारी, रीमा विश्वकर्मा, विशाल भण्डारी र राज घिमिरे हुन् ।

कमेडी च्याम्पियन हरेक शुक्रबार र शनिबार कान्तिपूर टिभीमा प्रशारण हुन्छ । त्योसँगै यस शोलाई ‘ओएसआर रियालिटी’ नामक युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo