१३ आश्विन २०७९, बिहीबार

स्वीच थिचेर प्रधानमन्त्री ओलीद्वारा एकैपटक १६५ वटा सडक निर्माणको शुभारम्भ गरिने

२१ चैत्र २०७७, शनिबार
स्वीच थिचेर प्रधानमन्त्री ओलीद्वारा एकैपटक १६५ वटा सडक निर्माणको शुभारम्भ गरिने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैपटक १ सय ६५ वटा सडक निर्माणको शुभारम्भ गर्न लाग्नुभएको छ । शनिबार ११ बजे बालुवाटारबाट सडक निर्माणको शुभारम्भको स्वीच थिचेर प्रधानमन्त्री ओलीले निर्वाचन क्षेत्र रणनीतिक सडक विकास कार्यक्रमको शुभारम्भ गर्न लाग्नुभएको हो ।

हरेक निर्वाचन क्षेत्रमा एक/एक वटा सडक निर्माण गर्नेगरी कार्यक्रमको शुभारम्भ हुन लागेको सडक विभागले जनाएको छ । यो वर्ष सरकारले हरेक निर्वाचन क्षेत्रमा एउटा सडक बनाउने कार्यक्रमका लागि ३ अर्ब २० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

सबै ठाउँमा प्रधानमन्त्री ओली पुग्न असम्भव भएकाले एकै ठाउँबाट शिलान्यास गर्न लागिएको जनाइएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo