१४ आश्विन २०७९, शुक्रबार

सरकारी स्कुलमा पढेका नवराज ईन्सपेक्टरमा देशभरीमै १ नम्बरमा नाम निकाल्न सफल !

२२ चैत्र २०७७, आईतवार
सरकारी स्कुलमा पढेका नवराज ईन्सपेक्टरमा देशभरीमै १ नम्बरमा नाम निकाल्न सफल !

धनगढी : उदयपुर रौतामाई गाउपालिका ५ का नवराज खड्का देशभरीमै प्रहरी निरिक्षणमा नाम निकालेका छन् । सामान्य परिवारमा जन्मिएका नवराज २०७२ सालमा खुल्लातर्फबाट प्रहरी सहायक निरिक्षकमा नाम निकालेर प्रहरी सेवामा प्रवेश गरेका थिए । २०७७ मा खुल्लातर्फबाटै प्रहरी निरिक्षणमा देशभरीमै पहिलो नम्बरमा नाम निकाल्न सफल भएका हुन् ।
गाउकै सरकारी स्कुलबाट शिक्षा आर्जन गरेका नवराज मेजर अंग्रेजीमा स्नातक र जनप्रशासनबाट स्नातोत्तर गरी सकेका थिए । परिवारमा आमा बुबा,भाई बहिनी रहेका छन् । गाँउमा आमाबुबा खेति किसानी गर्दै आएका छन् ।
‘जगिर खाई सकेपछि डिउटी गर्नु नै प¥यो । डिउटी गरि सकेपछि कहिले राति त कहिले दिउँसो समय निकालेर पढ्थे । त्यही मेहनेतले आज प्रहरी निरिक्षणमा नाम निकाल्न सफल भए ।’ उनले भने, ‘सेवा अवधिमा संगठन, राष्ट्र, जनताप्रती लगनशिल,कर्तव्यनिष्ट,निष्पक्ष भई प्रहरी सेवामा खटिने छु ।’
नवराज गित संगितमा रुचि राख्ने गरेका छन् । उनले प्रयसी गितमा आफ्नै शव्द र आफ्नै स्वरमा गित बजारमा ल्याएका छन् । भने थुप्रै गितमा स्वर दिई सकेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo