१३ आश्विन २०७९, बिहीबार

अछाममा जेसिबी डोजर दुर्घटना, अपरेटरको घटना स्थलमै मृत्यु

२३ चैत्र २०७७, सोमबार
अछाममा जेसिबी डोजर दुर्घटना, अपरेटरको घटना स्थलमै मृत्यु

अछाममा जेसिबी डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बान्निगढी जयगढ गाउँपालिका ६ दर्नामा जेसिबी दुर्घटनामा परि जेसिबीका अपरेटर डोटीको शिखर नगरपालिकाका करिब ३२ बर्षका किरण बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ऐश्वर्य माध्यामिक विद्यालयबाट सडक मर्मत गर्दै चण्डाली जाने क्रममा भिर भन्ने स्थान बाट करिव १ सय ५० मिटर तल खोलामा खसेर चालक बोगटीको घटना स्थलमै ज्यान गएको वडा अध्यक्ष कृष्ण बहादुर कडायतले जानकारी दिएका छन् ।

घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोलि घटना स्थल गएको छ । डोजरका सह चालक भने हाम फालेर ज्यान जोगाउन सफल भएका छन् । केही दिन पहिले मात्र सोही भिरबाट विद्यालय जाने क्रममा चण्डाली निवासी ७ बर्षिया बालिकाको समेत लडेर ज्यान गएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo