१४ आश्विन २०७९, शुक्रबार

धनगढी हाफ म्याराथनमा २१.१ किमितर्फ जुम्लाका दुर्गा बुढा प्रथम,१ घण्टा ६ मिनेट १३ सेकेन्डमा पार !

२८ चैत्र २०७७, शनिबार
धनगढी हाफ म्याराथनमा २१.१ किमितर्फ जुम्लाका दुर्गा बुढा प्रथम,१ घण्टा ६ मिनेट १३ सेकेन्डमा पार !

धनगढी : धनगढी हाफ म्याराथन २०२१ मा २१.१ किमि खुल्ला दौडमा १ घण्टा ६ मिनेट १३ सेकेन्डमा जुम्लाका दुर्गा बुढा प्रथम भएका छन् ।
धनगढी जेसिजको आयोजना शनिवार धनगढीमा ‘अब धनगढी दौडन्छ’ नवजीवन धनगढी हाफ म्याराथनमा बुढा प्रथम भएका हुन् । उनी कर्णाली स्पोर्ट्स क्लबका खेलाडी हुन । यस अघि उनी धनगढी हाफ म्याराथनमा तेस्रोपटक प्रथम भैइसकेका छन् ।

यस्तै २१.१ किमि खुल्ला दौडमा द्वितीय बैतडीका नरेन्द्र रावत र तृतीय एपीएफका सन्तोष बिष्ट भएका छन्  ।

२१.१ किमि खुला दौड जसअन्तरगत प्रथमलाई नगद ५५ हजार पाँच सय ५५, द्वितियलाई ३३ हजार तिन सय ३३ र तृतियलाई २२ हजार दुई सय २२ नगद पुरस्कार पाउने छन ।
कर्पोरेट तर्फको ५ किमि दौडमा अटो चालक बिरेन्द्र भट्टराई १६ मिनेट १३ सेकेन्डमा प्रथम भएका छन् भने द्वितीय चन्द्र बोहरा,तृतीय भोज राज अवस्थी भएका छन् । प्रथमलाई पाँच हजार पाँच सय ५५, द्वितियलाई तिन हजार तिन सय ३३ र तृतियलाई दुई हजार दुई सय २२ नगद पुरस्कार पाउने छन् ।

महिला तर्फ ५ किमि दौडमा २० मिनेट ४४ सेकेन्डमा सीता चौधरी प्रथम भएकि छन् । यस्तै द्वितीय निहा खड्का र तृतीय बर्षा पण्डित भएकी छन् । ५ किमि दौडमा प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतियलाई पाँच हजार पुरस्कार छ भने अपांगता भएकाको ट्राइ साईकलतर्फ पनि सहभागी भएका थिए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo