१४ आश्विन २०७९, शुक्रबार

गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न सरकारसंग माग

३० असार २०७९, बिहीबार
गभर्नर अधिकारीलाई तत्काल बर्खास्त गर्न सरकारसंग माग

काठमाडौं, ३० असार । नेपाल विद्यार्थी संघका निवर्तमान महामन्त्री बलदेव तिमिल्सिनाले गभर्नर महाप्रसाद अधिकारीलाई तत्काल बर्खास्त गर्न सरकारसमक्ष माग गरेका छन् ।

आज एक विज्ञप्ती जारी गर्दै तिमिल्सिनाले राष्ट्र बैंक ऐन २०५८ को दफा २१ ‘क’ बमोजिम ‘राजनीतिक दलको सदस्य वा पदाधिकारी रहेको व्यक्ति गभर्नर, डेपुटी गभर्नर र सञ्चालकमा नियुक्त हुन योग्य नहुने बताएका हुन् ।

उनले बहालवाला गभर्नर अधिकारी नै एम.अधिकारीको नामबाट एमालेको केन्द्रीय विभागमा रहेको पुष्टि भएसंगै राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलता माथि नै गम्भीर प्रश्न उठेको समेत स्पष्ट पारेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo