१४ आश्विन २०७९, शुक्रबार

किन पुगे गभर्नर महाप्रसाद अधिकारी बालुवाटारमा ?

३० असार २०७९, बिहीबार
किन पुगे गभर्नर महाप्रसाद अधिकारी बालुवाटारमा ?

काठमाडौं । प्रधानमन्त्रीले डाकेपछि राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी बालुवाटार पुगेका छन् । बालुवाटार स्रोतका अनुसार अहिले उनले प्रधानमन्त्रीलाई बिफ्रिङ गरिरहेका छन् ।

नेकपा एमालेको अर्थ विभागको सदस्यका रूपमा काम गरिरहेको भन्दै अधिकारीको एम अधिकारीका रूपमा चर्चा भइरहेको छ ।

सांसदबाटै उनलाई राजीनामा दिएर बाहिरिन सुझावसमेत आइसकेको छ । बालुवाटारले अधिकारीलाई आर्थिक अवस्थाका विषयमा ब्रिफिङका लागि बोलाएको स्रोतले जनाएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाले लिएका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo