१४ आश्विन २०७९, शुक्रबार

कृषिजन्य सामग्रीको निर्यातभन्दा आयात बढी

७ श्रावण २०७९, शनिबार
कृषिजन्य सामग्रीको निर्यातभन्दा आयात बढी

झापा, साउन ८ । पूर्वी नाका काँकडभिट्टाबाट कृषिजन्य वस्तु निर्यातभन्दा आयात बढी भएको क्वारेन्टिन कार्यालय काँकडभिट्टाले बताएको छ ।

आर्थिक वर्ष २०७८र ७९ मा यो नाका भएर ८ अर्ब ३५ करोड ६५ लाख ८७ हजार रुपैयाँ बराबरको कृषिजन्य सामग्री नेपालबाट भारतलगायत तेस्रो मुलक निर्यात भएको छ ।

सोही अवधिमा भारतलगायत अन्य मुलुकबाट ९ अर्ब ४ करोड ९० लाख ६३ हजार रुपैयाँको सामग्री आयात भएको छ । निर्यातको तुलनामा करीब १ अर्ब रुपैयाँभन्दा बढीको सामग्री नेपालतर्फ आयात भएको कार्यालयको तथ्याङ्कले देखाउँछ ।

कार्यालयका बाली संरक्षण अधिकृत दविन्द्र साहुका अनुसार चामल, धानलगायतका खाद्य सामग्री, चना, भटमासलगायतका तेलहन, करेला, भान्टालगायत ताजा तरकारी, ताजा फलफूल, इण्डोनेशियन सुपारीलगायत मसलाजन्य सामग्री आयात भएको छ ।

उनका अनुसार सोही अवधिमा ताजा तरकारी,सुगनकोकिला, दालचिनीलगायतका जडीबुटी, मुसुरो दाल, चिया, अदुवा, अलैँची, वनलसुन, तोरीको पिना, अम्रिसो, चामल गरी जम्मा ८ अर्ब ३५ करोड ६५ लाख ८७ हजार रुपैयाँ बराबरको सामान निर्यात भएको बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo