१४ आश्विन २०७९, शुक्रबार

मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ, क्षतिपूर्ति लिने मनसाय छैन: समीक्षा

२९ भाद्र २०७९, बुधबार
मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ, क्षतिपूर्ति लिने मनसाय छैन: समीक्षा

काठमाडौँ,२८ भदौ ।  गायिका समीक्षा अधिकारीले आफूमा मानसिक रूपमा नकारात्मक प्रभाव परेको बताएकी छन् ।

मंगलबार राति सामाजिक सञ्जालमार्फत उनले आफूविरुद्ध सामाजिक सञ्जालमा आएका तस्बिर र गालीगलौजले मानसपटलमा नकारात्मक प्रभाव परेको बताएकी छन् ।

‘यहाँहरू सबैलाई अवगत भएकै कुरा हो।  म लामो समयदेखि एउटा दुस्खद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दुस्खद घटना हो । सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ । कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला,’ उनले भनेकी छन् ।

साथै उनले आफूले अहिलेसम्म क्षतिपूर्तिबापत वा अन्य कुनै पनि रकम नलिएको बताएकी छन् ।

अभिनेता पल शाहलाई ती किशोरीलाई यौन दुर्व्यवहार गरेको आधारमा अदालतले साढे २ वर्ष जेलसहित १० लाख क्षतिपूर्ति र २५ हजार जरिवानाको फैसला गरेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo