१४ आश्विन २०७९, शुक्रबार

बाजुरामा बोल्न र हिड्नसमेत नसक्ने ७० वर्षीया महिला बलात्कृत

३१ भाद्र २०७९, शुक्रबार
बाजुरामा बोल्न र हिड्नसमेत नसक्ने ७० वर्षीया महिला बलात्कृत

धनगढीः बाजुरामा एक ७० वर्षीया महिला बलात्कृत भएकी छन्। बुढीगंगा नगरपालिका ६ बस्ने ४० वर्षीय बिष्णु भारतीले ती वृद्धा महिलामाथि बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेको छ। 

बुधबार ती वृद्धा महिलामाथि बलात्कार भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गिन्द्र बोगटीले बताएका छन् । उनका अनुसार बोल्न र हिड्नसमेत नसक्ने वृद्धा महिलामाथि बलात्कारको आरोप लागेका बिष्णु भारती प्रहरी नियन्त्रणमा छन्।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo