१४ आश्विन २०७९, शुक्रबार

सुदूरपश्चिमका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

३१ भाद्र २०७९, शुक्रबार
सुदूरपश्चिमका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

धनगढी – आज सुदूरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेका मौसम पुर्वानुमानले जनाएको छ । केहिदिनदेखि सुदूरपश्चिम प्रदेशमा वर्षा भैरहेको छ । उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । तटिय क्षेत्रमा नदी तथा खोला नालामा आकस्मिक बाढीको जोखिम र पहाडी जिल्लामा पहिरोको जोखिम रहेकाले नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ । 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली, मधेस प्रदेश र सुदूरपश्चिमका केही ठाउँमा पानी परिरहेको छ । गएराति गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो ।

मौसमविद्का अनुसार आज देशभर नै पानी  पर्ने सम्भावना छ । भोलि पनि धेरै ठाउँमा पानी पर्ने भएकाले बाढी पहिरोको जोखिम बढेको भन्दै मौसमविद्ले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

यस्तै, नदी तथा खोला नालामा पनि आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्रका नागरिकलाई सावधानी अपनाउन आग्रह गरिएको छ । 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo