१४ आश्विन २०७९, शुक्रबार

अनशनरत डा. केसीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी

४ आश्विन २०७९, मंगलवार
अनशनरत डा. केसीलाई थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं पठाउने तयारी

धनगढी — ९ दिनदेखि चिकित्सा क्षेत्रको सुधारसहित विभिन्न ७ वटा माग राखेर आमरण अनसनमा बसेका चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य स्थिति झन् जटिल हुँदै गएपछि थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको छ ।

कैलाली जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता यज्ञराज जोशीले डा. केसीलाई सेनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं लैजाने तयारी भएको बताएका छन् ।

स्वास्थ्यामा जटिलता देखिएको र धनगढीमा उपचार हुन नसक्ने भएपछि डा. केसीलाई सेनाको हेलिकप्टरमा काठमाडौं लैजान तयारी भएको बताइएको छ । डा. केसीलाई अल्सर भएको आशंका भएको अस्पतालले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo