१३ आश्विन २०७९, बिहीबार

प्रभु बैंकका ग्राहकले अत्तरिया हस्पिटलमा स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने

४ आश्विन २०७९, मंगलवार
प्रभु बैंकका ग्राहकले अत्तरिया हस्पिटलमा स्वास्थ्य सेवामा २० प्रतिशतसम्म छुट पाउने

धनगढी : कैलालीको अत्तरियास्थित अत्तरिया हस्पिटलमा प्रभु बैंकका ग्राहकहरुले स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख रविकान्त जोशी र अत्तरीया हस्पिटलका तर्फबाट प्रबन्ध निर्देशक आनन्द पाठकले उक्त सम्झौतामा हस्ताक्षर गर्दै अत्तरिया हस्पिटलमा  बैंकका ग्राहकहरुले उपचार गराएवाफत विशेष छुट पाउने भएका हुन् ।

बैंक र उक्त हस्पिटलबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकका ग्राहकहरुले अत्तरिया हस्पिटलको एक्स–रे, इसीजी, इको, इन्डोस्कोपी, ओपीडी, इमर्जेन्सी टिकट शुल्क, प्याथोलोजी टेस्ट, गाइनोकोलोजी सर्जरी, अर्थोपेडिक सर्जरी, जेनरल सर्जरी, एनआइसीयु, आइसीयु, जेनरल बेड हस्पिटल एड्मिट शुल्क सेवामा १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ। 

यस्तै क्याबिन हस्पिटल एड्मिट शूल्कमा २० प्रतिशत र ल्याप्रोस्कोपिक सर्जरीमा ७ प्रतिशत छुट पाउने गरी सम्झौता भएको अत्तरिया हस्पिटलले जनाएको छ । 

उक्त सुविधा लिन प्रभु बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा उल्लेखित सेवाहरुमा आकर्षक छुट पाउने बताइएको छ। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo