१४ आश्विन २०७९, शुक्रबार

अत्तरियास्थित अत्तरिया हस्पिटलमा पहिलो पटक दूरविन प्रविधिबाट एपेन्डिक्सको सफल शल्यक्रिया

६ आश्विन २०७९, बिहीबार
अत्तरियास्थित अत्तरिया हस्पिटलमा पहिलो पटक दूरविन प्रविधिबाट एपेन्डिक्सको सफल शल्यक्रिया

धनगढी : कैलालीको अत्तरियास्थित अत्तरिया हस्पिटल मा पहिलो पटक दूरविन प्रविधिबाट एपेन्डिक्सको सफल शल्यक्रिया गरिएको छ ।

गोदावरीका १४ वर्षिय युवराज कार्कीको दुरविन प्रविधिबाट सफल शल्यक्रिया गरिएको अत्तरिया हस्पिटलले जनाएको छ ।

सो शल्यक्रिया गर्ने वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डा. पारस पन्तले दूरविन प्रविधिबाट अप्रेशन गर्दा बिरामीले लामो समय अस्पतालमा बस्न नपर्ने, घाउ पाक्ने डर नहुने र अप्रेशन प्रभावकारी हुने हुँदा यो प्रविधिबाट पहिलो पटक अत्तरिया हस्पिटलमा एपेन्डिक्सको दूरविन प्रविधिबाट शल्यक्रिया गरिएको बताए । दूरविन प्रविधिबाट एपेन्डिक्सको उपचार हुन पाउदा सहज भएको विरामीका आफ्न्तले बताएका छन् । बिरामीको सफल अप्रेशनपछी डिस्चार्ज गरिएको हस्पिटलले जनाएको छ ।

हस्पिटलले दुरविन प्रविधिबाट पित्तथैली र एपेन्डिक्सको अप्रेशन शुरुवात भएको छ भने केही समयमा हर्निया र युरोसम्बन्धी अप्रेशनहरु पनि गरिने हस्पिटलले जनाएको छ । यस्तै हस्पिटलले बालरोग, जनरल फिजिसियन, जनरल सर्जरी, हाडजोेर्नी, स्त्रीरोग, छालारोग, न्यूरो र इएनटी.लगायतका स्वास्थ्य सेवा प्रदान गरिरहेको जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo