१३ आश्विन २०७९, बिहीबार

मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

६ आश्विन २०७९, बिहीबार
मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

हेटौडा । मकवानपुरको भीमफेदी गाउँपालिकाको जुरीखेतमा बस दुर्घटना  हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ना ३ ख ७८५८ नम्वरको बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख बामदेव गौतमले जानकारी दिए । बसमा अन्दाजी २८ जना सवार रहेको उनको भनाई छ। छ जनाको मृत्यु भएको जानकारी आए पनि थप विवरण आउन बाँकी रहेको गौतमले बताए। घटना के कसरी भयो भन्ने अनुसन्धान भइरहेको उनको भनाइ छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo