१३ आश्विन २०७९, बिहीबार

सुदूरपश्चिम प्रदेशसभा सदस्य दिब्यश्वरी शाहद्वारा नेपाली कांग्रेस परित्याग

६ आश्विन २०७९, बिहीबार
सुदूरपश्चिम प्रदेशसभा सदस्य दिब्यश्वरी शाहद्वारा नेपाली कांग्रेस परित्याग

धनगढी, ६ असाेज । नेपाली कांग्रेसकी सुदूरपश्चिम प्रदेशसभा सदस्य दिब्यश्वरी शाहले पार्टीमा नबस्ने घोषणा गरेकी छन् ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिक प्रदेशसभा बनेकी शाहले पार्टीमा मनोमानी बढेको भन्दै नबस्ने र छिट्टै बिपी कांग्रेसमा प्रवेश गर्न लागेको खुलाएकी छन् ।

‘अब म नेपाली कांग्रेस पार्टीमा बस्दैन् । पार्टीमा अराजकता र मनोमानी धेरै भयो,’ शाहले भनिन्, ‘मैले विगतदेखि बिपीकै सिद्धान्तको पालना गर्दै आएकी छु । छिट्टै बिपी कांग्रेसमा देख्नुहुनेछ ।’

शाह बिपी कांग्रेसका उपसभापति समेत रहेका पूर्व प्रदेशसभा सदस्य कर्ण मल्लकी सासु हुन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo