१४ आश्विन २०७९, शुक्रबार

डेंगु लागेर अछामका कोष तथा लेखा नियन्त्रकको मृत्यु 

६ आश्विन २०७९, बिहीबार
डेंगु लागेर अछामका कोष तथा लेखा नियन्त्रकको मृत्यु 

कोष तथा लेखा नियन्त्रक कार्यालय अछामका प्रमुख जयकुमार चन्दको डेंगु लागेर मृत्यु छ। ४९ वर्षीय चन्दको उपचारका क्रममा भारतको लखनाउमा मृत्यु भएको हो।
 
३१ भदौको रातिदेखि बिरामी परेका उनलाई भोलिपल्ट १ असोजमा नै डेंगु देखिएको थियो। जिल्ला अस्पताल अछाममा रगत परीक्षणका क्रममा डेंगु देखिएपछि चन्दलाई ज्वरो आउने, टाउको दुख्ने र शरीर गल्ने समस्याले झन् असहज बनाएको थियो। 

जिल्ला अस्पताल अछामका सिनियर अनमी गंगा बुढामगरका अनुसार त्यो वेला उनलाई १०३ दशमलव ६ डिग्रीभन्दा धेरै ज्वरो थियो भने सुगर र प्रेसरसमेत असन्तुलित अवस्थामा रहेको थियो। 

चन्दलाई नेपालगन्जमा रहेको कान्ति अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँ पनि उपचार सम्भव नदेखिएपछि काठमाडौं लैजाने तयारी गरिए पनि अक्सिजनको लेबल निकै कम हुँदै गएकाले हवाईजहाजमार्फत यात्रा गर्न नमिल्ने देखिएकाले भारतको लखनाउ लगेर उपचार थालिएको थियो। 

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo